मिरिक टाउन युवा मोर्चा अध्यक्ष कुशल छेत्रीद्वारा राजीनामा

मिरिक : गोजमुमो विनय खेमामा पैह्रो जाने क्रम यता दार्जिलिङ जिल्लामा पनि शुरू भएको देखिन्छ। यसै क्रममा मिरिक महकुमा टाउन युवा मोर्चाका अध्यक्ष कुशल छेत्रीले पनि गोजमुमो विनय खेमा पार्टीको पदबाट राजीनामा दिएका छन्। राजीनामा दिनुको कारण बारे सोधिएको प्रश्नको जवाबमा तिनले भने, चुनाउ समाप्त भएपछि पार्टीबाट अहिलेसम्म मसँग कुनै सम्पर्क भएन, पार्टी समर्थकहरूले मलाई अनेकौँ विषयहरू लिएर सोधिरहे तर म कहाँ जवाब थिएन। अन्ततः म आज आफ्नो पदबाट मुक्त भएको हुँ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *