मिरिक तृणमूलद्वारा शहीद दिवस पालन

मिरिक : हिल तृणमूल कङग्रेस अध्यक्ष एलबी राईको नेतृत्वमा आज मिरिकमा शहीद दिवस पालन गरियो। यहाँको कृष्णनगरस्थित शहीद वेदीमा बिहान हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईले प्रथमत: दीप प्रज्ज्वलन गरेर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। यसैगरी, मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, युवा एकाई अध्यक्ष शोभन घिसिङ, युवा एकाई सदस्य विकास सुब्बा, साङ्गे तामाङले पनि शहीद वेदीमा दीप प्रज्ज्वलन गर्दै फुल माला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *