मिरिक अप्पर स्कुल डाँडा ढाँड गाउँमा सार्वजनिक भवन निर्माण कार्यको सभासद मिलेस राईद्वारा शिलान्यास

मिरिक (निसं): मिरिक थर्बु डुप्टिन समष्टि अन्तर्गत अप्पर स्कुल डाँडा ढाँड गाउँवासीले धेरै समयदेखि सार्वजनिक भवन नभएपछि असुविधाको सामना गर्दै आइरहेकोले अब यसको समाधान हुने भएको छ। उक्त गाउँमा आज समष्टि सभासद मिलेस राईले नरिवल फुटाएर सार्वजनिक भवन निर्माण कार्यको शिलान्यास गरे। उक्त सार्वजनिक भवन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन मिरिक इञ्जिनियरिङ विभागद्वरा लगभग 16 लाख रूपियाँको लागतमा निर्माण हुने भएको छ। यस अवसरमा सभासद मिलेस राईले भने, अप्पर स्कुल डाँडा ढाँड गाँउवासीले धेरै समयदेखि सार्वजनिक भवनको माग गरिरहेका थिए, जो जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा अब निर्माण हुने भएको छ।


उक्त सार्वजनिक भवन निर्माण भएपछि गाँउमा समाजिक कार्यहरू गर्न धेरै सुविधा हुनेछ। तिनले हामी कर्मयोगी हौ।यसरी नै जनताको मूलभूत समस्याहरू समाधान गर्दै जानेछौ भन्दै यहाँका मानिसहरूलाई आपसी एकता र तालमेल कायम राखेर क्षेत्रलाई विकासको मार्गमा अग्रसर गराउने तिनले आव्हान गरेका छन्। अर्कोतिर, स्थानीय मानिसहरूले सार्वजनिक भवन निर्माण कार्य शुरू गरेकोमा जीटीए प्रमुख अनित थापा, क्षेत्रीय सभासद मिलेस राई अनि विभागीय अधिकारीहरूप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *