मिरिक भेल्ली वुमेन्स क्रेडिट को-अपरेटिभ सोसाइटी भवनको शिलान्यास

मिरिक: मिरिक थर्बु डुप्टिन समष्टि अन्तर्गत थर्बु नन्दलाल गाँउमा सभासद कोषमार्फत मिरिक भेल्ली वुमेन्स क्रेडिट को-अपरेटिभ सोसाइटीको भवन निर्माण हुने निश्चित भएको छ। उक्त भवनको आज क्षेत्रीय सभासद मिलेस राईको विशेष उपस्थितिमा गाँउका जेष्ट नागरिकहरूले शिलान्यास गरे। आशिष राईले जमीन दान गरेपछि उक्त भवन लगभग 13 लाख रूपियाँका लागतमा निर्माण गरिने भएको छ। यस अवसरमा मिरिक भेल्ली वुमेन्स क्रेडिट को-अपरेटिभ सोसाइटीका पदाधिकारीहरू पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *