मिरिक वार्ड नम्बर 8 –मा सेनिटाइज तथा साफ सफाई

मिरिक: मिरिकको युथ एसोसिएशन महेन्द्र गाउँ, वार्ड नम्बर 8-ले आज गाउँमा सेनिटाइज गर्यो। यसको साथै एसोसिएशनका सदस्यहरूले यहाँको सडक पनि सफाई गर्यो। वार्ड पार्षद नीमारीदा भोटियाको पहलमा अनि अग्निशमन केन्द्रको सहयोगमा गाउँभित्र व्यापक सेनिटाइज गरियो। अग्निशमन केन्द्रको वाहनले सडक लाइनमा सेनिटाइज गर्यो भने युथ एसोसिएशनका युवाहरूले प्रत्येक घर घर पुगेर सेनिटाइज गरे। युथ एसोसिएशनका युवाहरूले गाउँमा सेनिटाइज गर्नको साथै सडकको सफाई पनि गरे। आफ्नो वार्डलाई कोरोना भाइरसबाट मुक्त राख्न तथा गाउँलाई  साफ-सफाई राख्न एसोसिएशन युवाहरूले गत आइतबारदेखि विभिन्न सफाई अभियान चलाइरहेका छन्। वार्ड पार्षद नीमारीदा भोटियाले माक्स, सेनिटाइज सामाग्री, स्प्रे मशिन अनि अग्निशमन केन्द्रलाई सेनिटाइज गर्नमा पहल गरिदिएकोमा वार्ड पार्षदप्रति वार्डवासीहरूले आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *