मिरिक वार्ड नम्बर 3 गोजमुमो विनय खेमाको शाखा गठन

मिरिक : गोजमुमो विनय खेमा मिरिक महकुमा समितिको सभामा आज यहाँको वार्ड नम्बर 3 शाखा कमिटी गठन गरियो। मिरिक महकुमा टाउन कमिटीका अध्यक्ष एसएम घिसिङको अध्यक्षतामा सम्पन्न सभामा मिरिक महकुमा अध्यक्ष समीर राई, टाउन अध्यक्ष अलोक गुरूङ, सांगठनिक सचिव संजोग राई, टाउन सचिव निङ्मा लेप्चा आदि प्रमुख रूपमा उपस्थित थिए।


आज नवगठित वार्ड नम्बर 3 कमिटीमा अध्यक्ष निङ्मा लेप्चा, उपाध्यक्ष सुकमणि लामा, सचिव सामतेन तामाङ, संयुक्त सचिव शकुन्तला गुरूङ, कोषाध्यक्ष प्रीतिशा तामाङ तथा सह कोषाध्यक्ष सेविका प्रधानलाई चयन गरिएको छ। गत 6 महिनाको सांगठनिक गतिविधिहरूलाई ध्यानमा राखेर मिरिक टाउन कमिटीको पहलमा यी पदाधिकारीहरू छनौट गरिएको बताइएको छ। सचिव निङ्मा लेप्चाले बताएअनुसार भविष्यमा उक्त कमिटीमा केही फेरबदल गर्न सकिनेछ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *