मिरयोक म्युजिक फेस्टिभल आजदेखि मिरिकमा आरम्भ

मिरिक (निसं): मिरिक लेक साइडमा दुई दिवसीय मिरयोक म्युजिक फेस्टिबल आजदेखि आरम्भ भएको छ। उद्घाटन कार्यक्रममा आज शनिबार मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइती, जीटीए मिरिकका जनसम्पर्क अधिकारी विवेक गोले आदि प्रमुख रूपमा उपस्थित थिए। आयोजक समितिका तापदेन भूटिया अनि सूरज तामाङले पत्रकारहरूसित कुराकानी गर्दै दिएको जानकारी अनुसार मिरयोक म्युजिक फेष्टिभलको आज पहिलो दिनमा यावेश थापा, ब्रन्ट हिल ब्याण्ड, देवा, सिद्धार्थ गुरूङ मुख्य आकर्षण रहने छन् भने भोली 18 दिसम्बरको दिन बिपुल छेत्री प्रमुख आकर्षकको रूपमा रहने छन्। जिरो वेस्टलाई जोड दिँदै उक्त कार्यक्रमको आयोजना गरिएको बताँउदै मेक अप मरमा अनि लेट्स गो जिरो ब्राण्ड एम्बसेडरको रूपमा रहको तिनीहरूले बताए। यसको साथै कार्यक्रममा सबैलाई सहभागी भइदिने निवेदन गरेका छन्।


अर्कोतिर, मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मिरयोक म्युजिक फेस्टिभलले मिरिकको पर्यटन उद्योगलाई विकसित गर्न टेवा पुग्ने मनतब्य पोख्दै दुई दिवसीय मिरयोक म्युजिक फेस्टिभलको आयोजना गरेकोमा आयोजक समिति प्रति आभार प्रकट गरे। मिरिकलाई सुन्दर र ब्यवस्थित बनाउन साथै मिरिकलाई प्लास्टिक मुक्त बनाउन आयोजकहरूको पहलको प्रशंसा गर्दै तिनले मिरिक नगरपालिकाले मिरिकलाई ग्रीन सिटी बनाउन पहल गरिसकेको बताए। सबै मिलेर नै मिरिकलाई सुन्दर र ब्यवस्थित बनाउँन सकिन्छ भन्दै तिनले मिरिक नगरपालिकाले गर्ने कार्य सय प्रतिशत गर्नेछ भनी बताए। यसैगरी, मिरिक महकुमा डीएमडीसी मृदुल श्रीमणीले मिरिकको सुन्दर पर्यटन केन्द्रहरूमध्ये यो एउटा प्रमुख रहेको जसलाई सफा राख्न मिरिकवासी साथै मिरिक नगरपालिकाले गरिरहेको कार्यको प्रशंसा गरे। दुई दिवसीय मिरयोक म्युजिक फेस्टिभलमा जातीय खाद्य, साग-सब्जी आदिको प्रदर्शनी पनि राखिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *