मिस्टर एन्ड मिस हिमालय 2020 प्रतियोगिता सम्पन्न

मिरिक : पहिलो मिस्टर एन्ड मिस हिमालय 2020 प्रतियोगिताको ग्रान्ड फिनालेमा दार्जिलिका राहुल छेत्री पहिलो, सिलगढीका कुणाल गुरूङ दोस्रो अनि मिरिका नेहाल गुरूङ तेस्रो भएका छन्। यसैगरी, मिस हिमालय 2020 प्रतियोगिताअन्तर्गत दार्जिलिङका रचना बरदेवा पहिलो, सिङबुली मिरिकका प्रज्ञा थापा दोस्रो अनि फुवागढी स्याङ्मो तामाङ तेस्रो भइन्।


मिरिक प्लस डान्स युनिभर्सल, भोइस अफ् मिरिक अनि मिरिक हिमालयन जीमको संयुक्त आयोजनामा नयाँ वर्षको दिन मिरिकमा पहिलो मिस्टर अनि मिस हिमालय 2020 प्रतियोगिताको ग्रान्ड फिनालेको आयोजना गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *