मिस्टर इन्डिया जुनियर बडीबिल्डिङ प्रतियोगितामा काँस्य पदक विजेता तुहिनलाई विधायकद्वारा संवर्द्धना

राजगञ्ज : मिस्टर इन्डिया जुनियर बडीबिल्डिङ प्रतियोगितामा काँस्य पदक जित्ने तुहिन दे उर्फ सायन्तनलाई राजगञ्जका विधायक खगेश्वर रायले आज सम्मान जनाए। इन्टरनेशनल फेडरेसन अफ् बडीबिल्डिङ एन्ड फिटनेस-को तर्फबाट महाराष्ट्रको पुणेमा योजित 2022 मिस्टर युनिभर्स एवम् म्यान फिजिक्स च्याम्पियनशीपमा राजगञ्जका तुहिन दे-ले अंश ग्रहण गरेका थिए। गत 15 अप्रेलदेखि 18 अप्रेलसम्म चलेको उक्त प्रतियोगितामा जुनियर मिस्टर युनिभर्स प्रतियोगीको रूपमा 60-70 केजी वर्गको प्रतिस्पर्धामा अंश ग्रहण गरेर तुहिनले पाँचौँ स्थान ओगट्न सफल भए। मिस्टर इन्डिया जुनियर विभागमा तृतीय स्थान ओगटेर तिनी काँस्य पदक जित्न सफल भए। तिनले अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा दोहोरो सफलता हासिल गरेकोमा राजगञ्जवासीहरू निक्कै खुशी छन्। आजको संवर्द्धना कार्यक्रममा तुहिनका प्रशिक्षक अभिजीत बोस पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *