मिथुन चक्रवर्तीले चुनाउ लड्न सक्ने : कैलाश विजयवर्गीय

सिलगढी : 2021-को विधानसभा चुनाउमा मिथुन चक्रवर्तीले राज्यको कुनै पनि आसनबाट चुनाउ लड्न सक्नेछन् तर हालसम्म यसबारे खुलासा गरिएको छैन। सिलगढी आइपुगेपछि भाजपा नेता कैलाश विजयवर्गीयले एउटा पत्रकार सम्मेलन गरेर यस प्रकारको मन्तव्य पोखेका हुन्। हालै, देशका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा कोलकातामा आयोजना गरिएको भाजपाको ब्रिगेड समावेशमै अभिनेता मिथुन चक्रवर्ती भाजपामा सामेल भएपछि नै  तिनले चुनाउ लड्न सक्ने मानिसहरूले अडकल लगाइरहेका छन्। कैलाश विजयवर्गीयले बताएअनुसार मिथुन चक्रवर्ती हाल प्रार्थीको रूपमा चुनाउमा खडा हुन चाहँदैनन् तर पार्टीले जे निर्णय लिन्छ तिनले स्वीकारनेछ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *