मित्तल फाउन्डेसन अर्किड मोन्टेश्वरी हाउस-द्वारा नानीहरूको लागि क्रिसमस कार्यक्रमको आयोजना

सिलगढी : मित्तल फाउन्डेसन अर्किड मोन्टेश्वरी हाउसको तर्फबाट क्रिसमस अर्थात् बड़ा दिनको उपलक्ष्यमा आज आवश्यकमन्द नानीहरूको मुहारमा खुसी ल्याउनको लागि एउटा रङ्गारङ कार्यक्रमको आयोजना गर्यो। सिलगढीको उल्का क्लब मैदानमा क्रिसमस सेलिब्रेशनको नाममा उक्त कार्यक्रमको आयोजना गरेर विशेष नानीहरूको लागि विविध कार्यक्रमको आयोजना गरियो। यसबाहेक नानीहरूलाई मीठो-मीठो खानेकुरोको पनि व्यवस्था गरिएको थियो।


क्रिसमस सेलिब्रेशन कार्यक्रममा सामेल भएर नानीहरूले आज कार्यक्रमको निक्कै आनन्द उठाए। यस अवसरमा मित्तल फाउन्डेसनका अध्यक्ष सेविका मित्तलले बताएअनुसार आवश्यकमन्द नानीहरूको लागि क्रिसमस सेलिब्रेशन कार्यक्रमको आयोजना गरेकोमा आफूलाई निक्कै खुसी लागेको साथै उक्त कार्यक्रममा नानीहरूले पनि निक्कै आनन्द उठाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *