एमके पाख्रिन बने पुनः गोरामुमो मिरिक समष्टि अध्यक्ष

मिरिक : गोरामुमो मिरिक समष्टिको पूर्व अध्यक्ष एमके पाख्रिन पुनः समष्टि अध्यक्ष बनेका छन्। तिनले आफ्नो पदबाट राजिनामा दिएपछि हाल पार्टीका एकजना साधारण सदस्य मात्र रहेका थिए। गोरामुमो केन्द्रीय अध्यक्ष मन घिसिङले तिनीसित भेट गरेपछि तिनको आग्रहमा पुनः समष्टि अध्यक्षको रूपमा कार्यभार सम्हालेको बताइएको छ। समष्टिका डीबी घिसिङको अध्यक्षतामा बसेको सभाले तिनलाई अध्यक्षको रूपमा स्वागत जनायो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *