मोबाइल छिनताई गर्ने अन्य एक युवक पक्राउ

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको महिला सिभिक भोलिन्टियरको मोबाइल छिनताई गरेको मामिलामा न्यु जलपाईगढी थाना पुलिसले गत राति अभियान चलाएर रवि राय नामक युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। स्मरण रहोस्, केही दिन अघि बाइकमा सवार युवकहरूले मुख्यमन्त्री आगमनको समय ड्युटीमा तैनाथ एकजना महिला सिभिक भोलिन्टियरको मोबाइल छिनताई गरेर चम्पट कसेको थियो। यस घटना पुलिसले दुईजना युवकलाई पक्राउ गरेपछि तिनीहरूसँग केरकार गरेर गत राति रवि रायलाई पक्राउ गरेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *