मोबाइल छिनताई घटनामा अझ एकजना पक्राउ

सिलगढ़ी: एनजेपी थाना अन्तर्गत शक्तिगढ़ इलाकामा महिला सिभिक भोलेन्टियरको मोबाइल छिनताई गरेको घटनामा पुलिसले अझ एकजना व्यक्ति बाबाई कर्मकारलाई पक्राउ गरेको छ। स्मरण रहोस, हालै मुख्यमन्त्रीको सुरक्षामा खटिएको अवधि एकजना महिला सिभिक भोलेन्टियरको मोबाइल छिनताई गरेको घटनामा पुलिसले मोहम्मद आजादलाई पक्राउ गरेको थियो। पुलिसले तिनलाई सोधखोज गर्दा आरोपी मोहम्मदले उक्त मोबाइल बाबाईलाई बेचेको बताए। गत शनिवार आरोपीलाई जलपाइगढ़ी अदालतमा पेश गरेपछि पुलिसले जाँचको लागि आरोपीलाई रिमाण्डमा लिएका थिए। पक्रा परेका बाबाई कर्मकारलाई आज जलपाइगढ़ी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *