मोबाइल चोर गिरोहका 2  सदस्य पक्राउ

सिलगढी (निसं): एनजेपी थाना पुलिसले सादा पोशाकमा मोबाइल चोर गिरोहका दुई जना सदस्यलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा गौरांग दास र जयदेव दास सामेल छन्। आज दुवै जना आरोपीलाई जलपाइगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार हिज मंगलवार एनजेपी थाना पुलिसले माइकल मधुसूदन कलोनी इलाकामा दुई जना व्याक्तिले चोरी गरेको सामान बिक्री गर्ने प्रयास गरिरहेको गोप्य सूचना पाएपछि अभियान चलाएर गौरांग दास र जयदेव दासलाई पक्राउ गरेको बताइएको छ। तिनीहरूबाट पुलिसले चोरी गरेको 13 वटा मोबाइल, 5 वटा ब्लू टूथ स्पीकर, 2 वटा पेन ड्राइभ, 4 वटा मोबाइल ब्याट्री र हेडफोन उद्धार गरेको छ। एनजेपी थाना पुलिसले तिनीहरूको गिरोहमा अझ अन्य कतिजना सामेल छ भन्नेबारे जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *