मोबाइल चोरी गरेको आरोपमा व्यक्ति पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले मोबाइल चोरी गरेको आरोपमा एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति रवीन्द्र विश्वासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 27 दिसम्बरमा एनजेपी थाना अन्तर्गत आरपीएफ ब्यारेक कोलनीबाट एउटा मोबाइल चोरी भएपछि यस विषयमा एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति मदानी बजार इलाकाबाट चोरी गरेको मोबाइलसहित रवीन्द्र विश्वासलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका रवीन्द्र विश्वास धेरै दिन अघिदेखि असामाजिक कार्यमा जडित थिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *