मोबाइल चोरी गर्ने 2 जना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले मोबाइल चोरी गरेको आरोपमा दुईजना युवकलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू क्रमैले अमित विश्वास र कार्तिक दे –को रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार दीर्घदिनदेखि उक्त दुई युवक सहरको विभिन्न ठाउँको भएको मोबाइल चोरीको घटना संलग्न रहेको बताइएको छ।


स्मरण रहोस्, गत फरवरी महिना लकडाउनको समयमा एउटा महिलाको मोबाइल चोरी भएपछि तिनले यसबारे एनजेपी थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो दुईजना युवकलाई पक्राउ गर्नको साथै पुलिसले तिनीहरूबाट चोरी गरेको धेरैवटा मोबाइल पनि उद्धार गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *