मोबाइल दोकानमा चोरी भएको घटनामा दुई पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले चोरीको घटनामा सामेल रहेको आरोपमा पक्रा परेका दुईजना युवकलाई आज अदातलमा पेश गरेपछि पुलिस हिरासतमा पठाइएको छ। पक्रा पर्नेहरूमा क्रमैले दीप्तिकान्त मिश्र र अर्जुन सहानी सामेल छन्। प्राप्त जानकारीअनुसार सिलगढी ईस्टर्न बाइपास इलाकाको एउटा मोबाइल दोकानमा हालै चोरी भएको थियो। उक्त घटनाको जाँचमा जुटेका पुलिसले गत 29 जनवरीको दिन बानरहाटबाट एकजना व्यक्तिलाई पक्राउ गरेर सोधखोज गर्दा पुलिसलाई ती दुई आरोपीहरूबारे थाहा पाएपछि सोमबार राति पुलिसले दीप्तिकान्त मिश्र र अर्जुन सहानीलाई पनि पक्राउ गरेको बताइएको छ। चोरी गरिएको मोबाइलहरू विभिन्न ठाउँहरूमा बिक्री गरिसकेको पक्रा पर्नेहरूले पुलिस समक्ष जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *