मोबाइल टावर जडानलाई लिएर सिलगढीको ठाकुरनगरमा उत्तेजनाको माहौल

सिलगढी : मोबाइल टावर जडानलाई केन्द्र गरेर सिलगढीको भवेश मोड संलग्न ठाकुरनगर इलाकामा आज उत्तेजनाको माहौल सृष्टि भएको देखियो। प्राप्त जानकारीअनुसार गत 2019-मा ठाकुरनगर निवासी प्रभास सिकदारले आफ्नो घरमा मोबाइल टावर जडान गर्ने निर्णय लिए तापनि स्थानीय मानिसहरूले यस कार्यमा बाधा सृष्टि गरेपछि त्यस समय टावर जडान गरिने कार्य भएको थिएन। यसपछि फेरि 2021 मा तिनले मोबाइल टावर जडान गर्ने कार्य शुरू गरे। स्थानीय मानिसहरूले यसको विरोध जनाउँदै आज चाँडै मोबाइल टावर जडान गर्ने कार्य बन्द गरिनुपर्ने माग गर्दै विक्षोभ प्रदर्शन गरे। घटनाको खबर पाएर एनजेपी थानाका ओसी समीर तामाङ तथा पुलिसकर्मीहरू घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्याए। स्थानीय मानिसहरूको भनाइअनुसार उक्त घर नजिक नानीहरूको स्कुल रहेकोले टावर जडान गर्दा यसले नानीहरूको स्वास्थ्यमा क्षति पुग्न सक्ने भएकोले उक्त क्षेत्रमा मोबाइल टावर जडान गर्न नदिने तिनीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *