मोबाइल टावर जडानलाई लिएर इलाकामा तनाउको माहौल

सिलगढी : एनजेपी मोर बजार संलग्न सूर्यसेन कोलनी ई ब्लक इलाकाको एउटा बहुतले भवनमा मोबाइलको टावर जडान गरेको विषयलाई केन्द्र गरेर इलाकामा  उत्तेजनाको माहौल सृष्टि भयो। उक्त इलाका निवासी विकास दासको बहुतले भवनमा मोबाइल टावर जडान गरेकोले स्थानीय मानिसहरूले यसको विरोध जनाएका छन्। इलाकावासीहरूको आरोप अनुसार उक्त इलाकामा नानी तथा वृद्ध-वृद्धा रहने गर्दछन्। मोबाइल टावरको रेडिएसनले इलाकाका नानी तथा वृद्ध-वृद्धा प्रभावित हुन सक्ने भएकोले कुनै पनि अवस्थामा इलाकामा मोबाइल टावर शुरू गर्न नदिने तिनीहरूले बताए। उक्त मोबाइल टावर इलाकाबाट चाँडोभन्दा चाँडो हटाउनुपर्ने माग गर्दै आज स्थानीय मानिसहरूले विकास दासको घर अघि विक्षोभ प्रदर्शन गरे। अर्कोतिर, घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा ल्याए। स्थानीय विकास दासले रातको अँध्यारोमा आफ्नो घरमा मोबाइल टावर जडान गरेको छ, जुन आफूहरूद्वारा स्वीकार्य नरहेको इलाकावासीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *