मोदीको भ्रमणको विरोधमा सिलगढीमा वामफ्रन्टको र्‍याली

सिलगढी : प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा आज कोलकाता आइपुगेका छन्। तिनको दुई दिने भ्रमणलाई वामफ्रन्टले विरोध जनाउँदै हातमा कालो झण्डा लिएर गो ब्याकको नारा लगाउँदै सिलगढीमा एउटा र्‍याली निकाले। उक्त र्‍याली सिलगढीको हिलकार्ट रोडस्थित सीपीएमको पार्टी कार्यालयबाट शुरू गरेर यहाँको विभिन्न पथहरूको परिक्रमा गर्यो। उक्त र्‍यालीमा सीपीएम जिल्ला सचिव जीवेश सरकार, वामपन्थी संगठनका अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *