मुहर्रमको ताजिया निकाल्न अगावै एसीपी मनीष यादवले गरे सुरक्षा व्यवस्थाको निरीक्षण

सिलगढी : आज मुसलमानहरूको पर्व मुहर्रम रहेकोले मुस्लिम समुदायका मानिसहरूले मुहर्रमलाई लिएर अघिबाटै तयारी पुरा गरिसकेको छ। आज साँझ मुस्लिम सम्प्रदायका मानिसहरूले ताजिया निकाल्ने भएकोले यसलाई लिएर सिलगढी सहरमा कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। तजिया निकाल्ने केही घण्टा अगावै सहरमा सुरक्षा व्यवस्थाको निरीक्षण गर्न एसीपी मनीष कुमार यादव स्वयम् सड़कमा ओर्लिए। यस अवधि तिनले मुहर्रम कमिटीका सदस्यहरूसित कुराकानी गर्नको साथै शान्ति व्यवस्था बनाइ राख्ने अपील पनि गरे। मुहर्रम अवधि कुनै प्रकारको अप्रिय घटना नहोस् भन्ने उद्देश्य लिएर सहरमा पुलिसले विशेष नजरदारी राखेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *