मुहर्रममा दार्जिलिङको मुस्लिम समुदायसँग बिमल गुरूङको भेट

दार्जिलिङ: दार्जिलिङको मुस्लिम समुदायको आतित्थ स्वीकार गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, साङ्गठनिक सचिव दिपेन माले लगायत पार्टीका अन्य प्रतिनिधिहरुले मुहर्रममा आफ्नो उपस्थिति दिएर दार्जिलिङको मुस्लिम समुदायसँग आत्मियता साटेका छन्। गोर्खा जातिलाई संकट परेको खण्डमा अनि गोर्खा जातिको उन्मुक्तिको हरेक आन्दोलनमा आफ्नो तिहारहरुलाई पनि पर सारेर साथ दिने दार्जिलिङका यी मुस्लिम समुदायको योगदान स्मरणीय रही आएको कुरा बिमल गुरूङले जनाएका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.