मोर्चा अध्यक्ष बिमल गुरूङको निर्देशमा पार्टीको झण्डाको पुजा-अर्चना

मङपु : मोर्चा अध्यक्ष बिमल गुरुङले आज 1 जनवारीदेखि पार्टीको पुरानो झण्डा  चलाउने निर्णय लिएकोले मङपुका मोर्चा समर्थकहरूले स्थानीय गुम्बामाहरूमा गएर पार्टीको झण्डाको पुजा अर्चना गरे। नयाँ वर्ष 2021-को शुभ अवसरमा गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टिका सबै गोर्खा सन्तानहरूमा नयाँ वर्षको शुभकामना टक्राउँदै आज बौद्ध सार्वजनिक गुम्बा, रम्बी बिचकमान मङपु अनि नालीडाँडा डिन्छेन शेरप छोइलिङ गुम्बामा पुजा अर्चना गरियो। यसपछि तिनीहरूले उक्त पुजा गरिएको पुरानो झण्डाहरू शाखा-शाखामा वितरण गरे।


यस अवसरमा तिनीहरूले बिचकमान निवासी मङपु लाठपन्चर समष्टिका गोर्खा जनमुक्ति मोर्चा सभापति स्वर्गीय डीपी राईको आत्मा शान्तिको कामना गर्दै प्रार्थना पनि गरे। यसको साथै तिनीहरूले नयाँ वर्षको पवन अवसरमा गोर्खा जनमुक्ति मोर्चा मङपु लाब्दा समष्टिका सबै जनताहरूको सुस्वास्थको कामना गर्दै गुम्बाहरूमा प्रार्थना गरेको बताइएको छ। यस अवसरमा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा केन्द्रिय समिति सभापति अनमोल थापा, सांगठनिक सचिव सन्जिव सुबेदी विशेष रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *