मोर्चा बिमल खेमाको नागरी फार्ममा सभा

सुकेपोखरी: गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा नागरी फार्म शाखा अन्तर्गत स्कूल गाउँ प्रशाखाको शाखा अध्यक्ष धिरज खवासको अध्यक्षतामा सभा सम्पन्न भयो । पार्टी तथा भातृ सङ्गठनका पदाधिकारीहरूको विशेष उपस्थिति रहेको सभालाई पालम लामाको स्वागत भाषणपछि अपतन थापाले सञ्चालन गरेका थिए । स्मरण रहोस, केही दिन अघि गठन गरिएको स्कूल गाउँ प्रशाखा सभापति पालम लामा, उपसभापति प्रेमकुमार थापा, सचिव सचिव अपतन थापा, सहसचिव करण थापा, युवा मोर्चा संयोजक प्रह्लाद राणा र विनय राणा, कोषाध्यक्ष रितेन राणा, नारी मोर्चा संयोजिका ऋचा राणा, तारा थापा र दृष्टि थापा तथा अन्य रहेका छन् । प्रशाखा समितिका पदाधिकारी एवं समर्थकहरूको उपस्थिति रहेको सभालाई पीबी थापा, शाखा सहसचिव राम सुब्बा, श्रमिक सङ्गठनका सचिव अभिमन्यु थापा, सल्लाहकार आनन्द सुब्बा, नारी मोर्चा शाखा संयोजिका सुषमा थापा, युवा मोर्चा संयोजक छेवाङ लामा तथा  शाखा अध्यक्ष धिरज खवासले सम्बोधन गरेका थिए । आफ्नो सम्बोधनमा वक्ताहरूले अध्यक्ष विमल गुरूङको हात बलियो बनाउन कुनै कसर नछोड्ने प्रतिबद्धता व्यक्त गरे। अध्यक्ष बिमल गुरूङ मात्र योग्य नेता रहेको ठहर गर्दै तिनीहरूले साङ्गठनिक सुदृढ़ीकरण, नागरी फार्मको पुरानो गरिमा फर्काइ ल्याउनेबारे पहल गरिने लगायत विविध विषयमा प्रकाश पारे भने शाखा एवं प्रशाखामा विकाशकार्य माथि पनि चर्चा परिचर्चा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *