मृतक छात्राका शिक्षकहरू अनि परिवारसित भेटे मेयर गौतम देवले

सिलगढी (निसं): सिलगढीको मतिगढामा गत सोमबारको दिन निर्ममतापूर्वक हत्या भएको नाबालिक छात्राको स्कुल दार्जिलिङ मोडस्थित कल्याणी उच्च माध्यमिक विद्यालयमा पुगेर तृणमूल नेता तथा सिलगढी नगरनिगमका मेयर गौतम देवले आज स्कुलका शिक्षक-शिक्षिकाहरूसित भेट गरेर मृत छात्राको बारेमा कुराकानी गरे। यसको साथै स्कुलमा शिक्षक-शिक्षिकाहरूको उपस्थितिमा एघारौँ श्रेणीका मृतक छात्राको मृतात्मको शान्तिको कामना गर्दै मौन धारण गरियो। यसपछि मेयर गौतम देव मतिगढाको तुम्बाजोतस्थित मृतक छात्राको घरमा पुगेर परिवारका सदस्यहरू लगायत आमासित भेट गरे।

यस अवधि मृतक छात्रको आमाको विस्तृत कुराकानी सुनेपछि गौतम देवले हत्यारालाई कठोरभन्दा कठोर सजाय दिने आश्वासन दिए। गौतम देवले छात्रा हत्याकाण्डलाई लिएर भाजपाको संगठन विश्व हिन्दू परिषदले राजनीतिकरण गरिरहेको साथै जबरजस्ती बन्द गरिरहेको बताउँदै नानीको हत्याकाण्डलाई लिएर राजनीतिकरण गरिनु ठीक नरहेको बताए।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *