मृतक छात्राको आत्मशान्तिको कामना गर्दै खरसाङको उत्तर शिव खोलास्थित चित्रेमा श्रद्धाञ्जलि सभा

खरसाङ (निसं): सिलगढीको मतिगढा नाबालिक छात्रा हत्या काण्डको विरोध तथा मृतक छात्राको आत्मशान्तिको कामना गर्दै खरसाङ देवराली समष्टी अन्तर्गत चिमनी देवराली ग्राम पञ्चायतको उत्तर शिवखोलाको चित्रेमा श्रद्धाञ्जलि सभाको आयोजना गरियो। उक्त श्रद्धाञ्जलि कार्यक्रम चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेश थापाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो। सभामा स्थानीय उपस्थित सबै जनाले मृतक छात्राको आत्मशान्तिको कामना गर्दै श्रद्धाञ्जलि अर्पण गरे।


यस अवसरमा पञ्चायत सदस्य दिपेश थापा लगायत रुपेश राई, सुदिप गिरी, अदिप राई लगायत यस क्षेत्रका विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। पञ्चायत सदस्य दिपेश थापाले मतिगढ़ा घटनाको कठोर शब्दमा विरोध जनाउँदै नाबालिग छात्राको हत्याराले कठोर सजाय पाउनु पर्ने मांग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *