मुसलधारे वर्षाले गर्दा सिलगढीको विभिन्न ठाउँ जलमग्न, पम्पको सहयोगमा पानी निकाल्ने कार्य जारी

सिलगढी : गत साँझ परेको मुसलधारे वर्षाले गर्दा सिलगढी सहरको विभिन्न ठाउँ जलमग्न भएको छ भने सिलगढी सहर एउटा पोखरीमा परिणतमा भएको थियो। सिलगढीको धेरैजसो वार्डहरू जलमग्न भएपछि केही ठाउँमा घुँडासम्म पानी जमेको थियो भने केही ठाउँमा कम्मरसम्म पानी जमेको थियो।


यसको साथै सहरको विधान मार्केट, खुदीरामपल्ली, महाबीरस्थान लगायत केही बजारहरूमा पानी जमेर दोकानहरूमा पानी पसेपछि व्यवसायीहरूलाई निक्कै नोक्सान भएको बताइएको छ। खुदीरामपल्लीको दोकानहरूमा धेरै पानी जमेकोले गर्दा श्रमिकहरूले दोकानदेखि बाहिर निस्के। यहाँको बेसमेन्टको दोकानहरूमा 9-10 फिट पानी जमेको थियो। आज बिहानैदेखि सहरको विभिन्न ठाउँहरूमा पम्पको सहयोगमा पानी निकाल्ने कार्य शुरू गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *