मुखियाहरूको पूजा स्यादर घेयर सिटोङको अप्पर मामरिङमा सम्पन्न

खरसाङ (निसं) : भारतीय सुनुवार मुखिया समाज खरसाङको आयोजनामा खरसाङ महकुमा अन्तर्गत सिटोङको अप्पर मामरिङमा मुखियाहरूको पूजा स्यादर घेयर सम्पन्न भएको छ। आज यस कार्यक्रममा दार्जिलिङ कालेबुङ, सिलगढी लगायत सिक्किमका विभिन्न ठाउँहरूबाट सुनुवार मुखिया समाजका प्रतिनिधिहरू उपस्थित रहेका थिए। यस अवसरमा खरसाङको सिटोङ दुई अप्पर मामरिङमा मन्दिर स्थापना गरेर पूजा अर्चना गरिएको थियो। उक्त कार्यक्रममा सभाध्यक्षको रूपमा सिक्किम सुनुवार मुखिया समाजको अध्यक्ष डीबी मुखिया अनि मुख्य अतिथिको रुपमा भारतीय सुनुवार मुखिया समाज केन्द्रीय समितिबाट दिपक मुखिया उपस्थित रहेका थिए।


यस अवसरमा भारतीय सुनुवार मुखिया समाजबाट नेपाल, असम, डुवर्स र दार्जिलिङ जिल्लाको विभिन्न 22 वटा स्थानबाट शिला ल्याएर मन्दिर स्थापना गरेर पूजा अर्चना शुरु गरिएको जानकारी प्राप्त भएको छ। सुनुवार मुखिया समाजले सिटोङको अप्पर मामरिङमा उक्त पूजा आयोजना गर्नुको मुख्य उद्देश्य पर्यटन व्यवसायलाई पनि प्रोत्साहन होस् भनेर आयोजना गरिएको बताइएको छ। यस कार्यक्रममा समाज सुधार समिति अप्पर मामरिङबाट पनि कार्यक्रम सञ्चालनको भार वहन गरिएको थियो। यसैगरी, भारतीय सुनुवार मुखिया समाजको तर्फबाट आज भर्खरै मुम्बईमा भएको जुनियर ब्युटी कन्टेस्टको खिताब जित्न सक्षम बनेकी सम्बर्ध्दना मुखियालाई पनि सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *