मुख्यमन्त्री 4 मार्च बुनियादपुर आउने 

बुनियादपुर: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 4 मार्चको दिन बुनियाद पुरमा आउने भएकी छन्। तिनले त्यहाँ सम्पन्न हुने एउटा विराट जनसभालाई पनि सम्बोधन गर्ने भएको पार्टी सूत्रले जनाएको छ। आज बुनियाद पुरमा सत्ताधारी दल तृणमूल कांग्रेसको एउटा प्रतिनिधि टोलीले जनसभा स्थलको लागि यहाँका विभिन्न ठाउँहरूको निरीक्षण गऱ्यो। उक्त टोलीमा तृणमूल कांग्रेसका सुभासिस पौल, बुनियादपुर नगरनिगमका चेयरम्यान अखिल बर्मन,एसडीपीओ दीपदास बन्सीहरी, पुलिस थाना प्रभारी मनोडिप सरकार, तृणमूल टाउन कमिटीका सभापति सत्येन राय आदि सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *