मुख्यमन्त्रीबारे सौमित्र खाँ-द्वारा गरिएको टिप्पणीको गौतम देवले दिए उचित जवाफ

सिलगढी : भाजपा युवा मोर्चाका प्रदेश अध्यक्ष सौमित्र खाँ-ले मुख्यमन्त्री ममता ब्यानर्जीमाथि गरेको कटाक्षको राज्यका पर्यटन मन्त्री गौतम देवले उचित जवाफ दिएका छन्। स्मरण रहोस्, मुख्यमन्त्रीको उत्तर बंगाल भ्रमणलाई लिएर भाजपा युवा मोर्चाका प्रदेश अध्यक्ष सौमित्र खाँ-ले मुख्यमन्त्री भोटको व्यापार गर्नको लागि उत्तर बंगाल आइरहेको बताए। यसको साथै मुख्यमन्त्री ममता ब्यानर्जीको कार्यकालमा पश्चिम बंगालमा आतङ्कवादीको गढ बन्दै गइरहेको बताए। सौमित्र खाँ-को उक्त बयानको मन्त्री देवले निन्दा गर्दै सौमित्र खाँ भाजपा युवा मोर्चाको राज्य अध्यक्ष भएर यस प्रकार टीका-टिपण्णी गर्नु उचित नरहेको बताए। मुख्यमन्त्री राज्यभरिमै कार्यक्रमहरूको आयोजना गर्न सक्छन्। सौमित्र खाँ-ले गरेको आतङ्कवादीको टिप्पणमाथि मन्त्री देवले राष्ट्रिय हितको विरोधमा कुरा गर्ने मानिसहरूले नै देशद्रोहीको कुरा गोप्य रूपमा वहन गर्दै आइरहेको आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *