मुख्यमन्त्री बुनियादपुरको बुथस्तरीय कर्मी सभामा आज उपस्थित हुने

बालुरघाट: दक्षिण दिनाजपुर जिल्लाको बुनियादपुरमा बुथ स्तरीय कर्मी सभामा अंश ग्रहण गर्नको लागि आज राज्यकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस नेत्री ममता ब्यानर्जी आउने भएकी छन्। उक्त कर्मी सभामा अंश ग्रहण गर्नको लागि विभिन्न इलाकाहरूबाट आज बिहानदेखि नै धेरै संख्यामा समर्थकहरू भेला भइरहेका छन्। उत्तर दिनाजपुरमा भोली एउटा सभालाई सम्बोधन गर्न अघि आज अपरान्हको समय तिनले दक्षिण दिनाजपुरमा सम्पन्न हुने एउटा सभामा पनि उपस्थित रहने भएकी छन्। प्राप्त जानकारी अनुसार मुख्यमन्त्री मालदाबाट हेलीकप्टरमार्फत बुनियादपुर पुग्नेछन्। सभा समाप्त भएपछि मुख्यमन्त्री पुनः मालदा फर्किने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *