मुख्यमन्त्रीद्वारा बाढ प्रभावित क्षेत्र पश्चिम मेदिनीपुरको घाटलको निरीक्षण

पश्चिम मेदिनीपुर : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज पश्चिमी मेदिनीपुरको घाटलमा बाढ़ प्रभावित क्षेत्रको निरीक्षण गरिन्। निरीक्षण अवधि तिनले घाटलको भौगोलिक स्थितिले गर्दा प्रत्येक वर्ष यस क्षेत्रका मानिसहरूले बाढको समस्या झेल्न परिरहेकोले यसको समाधानको लागि घाटल मास्टरप्लान लागू गर्नु आवश्यक रहेको तिनले बताइन्। संसदमा बारम्बार यसबारे कुरा उठान गरे तापनि केन्द्र सरकारले घाटल मास्टर प्लान लागू गर्नको लागि कुनै पहल नगरेको तिनले आरोप लगाइन्।


राज्य सरकारले बाढ पीडितहरूको लागि प्रशासनिक सहयोग सुनिश्चित गरेको बताउँदै तिनले यस्तो परिस्थितिमा सबैलाई एकाअर्काको साथमा रहने अपील गरेकी छन्। मुख्यमन्त्रीले बाढ क्षेत्रको निरीक्षण गर्दै राहत शिविरमा रहेका मानिसहरूसित कुराकानी गर्नको साथै तिनीहरूलाई चाहिने आवश्यक सामग्री वितरण गरिन्। यसभन्दा अघि उक्त बाढ प्रभावित क्षेत्रहरूको मुख्यमन्त्री ममता ब्यानर्जीले हवाई सर्वेक्षण पनि गरिन्। यसबाहेक आज मुख्यमन्त्री ममता श्री श्री अनुकुल ठाकुरको आश्रममा गएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *