मुख्यमन्त्रीद्वारा फुलबारी-गजलडोबा क्यानल रोडमा ओभरब्रिजको उद्घाटन

राजगञ्ज: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज फुलबारी-गजलडोबा क्यानल रोडमा नयाँ ओभरब्रिजको उद्घाटन गरिन्। उक्त ओभरब्रिजको माध्यमद्वारा सिलगढीदेखि गजलडोबा जान कम्ती समय लाग्ने साथै आमबारी-फालाकाटा रेल गेटमा रोक्नुपर्ने छैन। आज अपरान्ह लगभग तीन बजी मुख्यमन्त्रीले सिलगढीको बाघाजतिन पार्कमा उत्तरबंग उत्सवको मञ्चबाटै रिमोट कन्ट्रोलको माध्यमद्वारा उक्त ओभरब्रिजको उद्घाटन गरे। उक्त पुल लगभग 736 मीटर लामो साथै 45 करोड़ रुपियाँको लागतमा उक्त पुलको निर्माण गरिएको बताइएको छ। अर्कोतिर, मुख्यमन्त्री ममताले भोरेर आलो भित्र रहेको नव निर्मित युवा निवासको पनि उद्घाटन गरिन्। मुख्यमन्त्री ममताले आउँदो विधानसभा चुनाउभन्दा अगावै धेरैवटा नयाँ परियोजनाहरूको उद्घाटन गरिन्। यस अवसरमा जलपाईगढी जिल्ला परिषदका अध्यक्ष उत्तरा बर्मन, राजगञ्जका विधायक खगेश्वर राय, राजगञ्ज पञ्चायत समितिकी सभाधिपति पूर्णिमा राय लगायत अन्य अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *