मुख्यमन्त्रीद्वारा कालियागञ्जमा विभिन्न परियोजनाहरूको उद्घाटन

कालियागञ्ज : उत्तर दिनाजपुर जिल्लाको कालियागञ्जको कलेज मैदानमा आयोजित एउटा सभाबाटै राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले धेरैवटा परियोजनाहरूको उद्घाटन एवम् शिलान्यास गरिन्। इस्लामपुर, गोयालपोखर 1-2, करणदिघी, रायगञ्ज, चोपडामा मोठ 8 वटा कर्मतीर्थ भवनको उद्घाटनलगायत जिल्लाभरिका केही सडकहरूको पनि उद्घाटन गरियो। सभामा आफ्नो वक्तव्य राख्दै मुख्यमन्त्री ममताले राज्यमा जबसम्म मा-माटी-मानुषको सरकार रहन्छ तबसम्म बङ्गालमा मानिसहरूलाई अत्याचार गर्न नदिने बताइन्। राज्यमा बसोबासो गर्ने विभिन्न सम्प्रदाय तथा विभिन्न धर्मका मानिसहरूमाझ विभेद गर्न नदिने साथै आफूहरू सधैँ मिलेर बस्ने तथा सबैको भलाइ अनि सहयोगको पक्षमा रहने तिनले बताइन्। उत्तर दिनाजपुर जिल्लामा धेरैवटा परियोजनाको कार्य भइसकेको तथा अझ थुप्रै परियोजनाहरूको कार्य चलिरहेको तिनले बताइन्। यसैगरी, कालियागञ्ज स्टेट जेनरल अस्पतालमा रोगीहरूको निम्ति 50 वटा बेडलाई बढोत्तरी गरेर अब 1 सयवटा बेडको व्यवस्था गरिएको पनि तिनले जानकारी गराइन्। विशेष गरेर गरीब मानिसहरूको सुविधाको निम्ति स्नेहालय नाम गरेको एउटा नयाँ परियोजना पनि शुरू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişholiganbetgrandpashabetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes