मुख्यमन्त्री गोलेलाई समवेदना प्रकट गर्न सोरेङ पुगे बिमल गुरूङ

गान्तोक: छिमेकी राज्य सिक्किमको मुख्यमन्त्री प्रेम सिंह तामाङ (पीएस गोले)-को पिता स्वर्गीय कालु सिंह तामाङलाई श्रद्धाञ्जलि अर्पण गर्न आज बिहान गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङ सिक्किमको सोरेङस्थित तिनकै नीजि वासस्थान पुगे।


त्यहाँ तिनले मुख्यमन्त्री पीएस गोलेसहित पीडित परिवारका सदस्यहरूसित भेट गर्नको साथै शोकाकूल परिवारलाई समवेदना प्रकट गरे। यस अवसरमा मोर्चा अध्यक्ष बिमल गुरुङसित केन्द्रिय समिति सदस्य सोनाम याखा पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *