मुख्यमन्त्रीको अपमान बंगालको अपमान हो : गौतम देव

सिलगढी : कोलकाताको भिक्टोरिया मेमोरियलमा हिजो नेताजी सुभाष चन्द्र बोसको जन्म जयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रममा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई अपमान गरिएकोमा मन्त्री गौतम देवले क्षोभ प्रकट गर्दै भाजपाले यसको जवाफ अवश्य पाउनेछ भनी बताए। स्मरण रहोस्, हिजो नेताजी सुभाष चन्द्र बोसको 125औँ जन्म जयन्तीको उपलक्ष्यमा कोलकाताको भिक्टोरिया मेमोरियलमा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री ममता ब्यानर्जी एउटै मञ्चमा देखियो। यस अवसरमा धेरैजना शीर्ष व्यक्तिहरू लगायत सांसदहरू उपस्थित थिए। मुख्यमन्त्री ममता ब्यानर्जीले उक्त कार्यक्रमलाई सम्बोधन गर्न अगावै केही मानिसहरूले जय श्री राम-को नारा लगाएपछि मुख्यमन्त्रीले क्षोभ प्रकट गर्दै यसको प्रतिवादमा कसैलाई निमन्त्रणा गरेपछि यसरी अपमान गर्नु उचित होइन भनी बताइन्। यसको विरोध गर्दै तिनले अब म केही भन्दिनँ। जय हिन्द,जय बाङ्ग्ला भन्दै आफ्नो छोटो वक्तव्य समाप्त गरिन्। यस सम्बन्धमा आज राज्यका पर्यटन मन्त्री गौतम देवले भने, राज्यकी मुख्यमन्त्रीलाई जसरी अपमान गरियो त्यो सम्पूर्ण बंगालको अपमान हो। मानिसहरूले यसको जवाब भाजपालाई दिइनेछ। बंगालको संस्कृति शिष्टाचारको संस्कृति हो। तिनले अझ भने, बाहिरका मानिसहरू बंगालमा आएर बंगालका मानिसहरूको अपमान गरिरहेको छ, बंगालको 10 करोड़ मानिसहरूको प्रतिनिधिलाई अपमान गरिरहेको छ जुन बंगालको मानिसहरूले सहन गर्नेछैन। भाजपाले यसको जवाब पाउनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *