मुख्यमन्त्रीको हातबाट जमिनको पट्टा लिएपछि घर फर्किए राजगञ्ज हरिचरणभिटाका भूमिहीन मानिसहरू

राजगञ्ज : मुख्यमन्त्रीको हातबाट जमिनको पट्टा लिएपछि राजगञ्जको हरिचरणभिटाको भूमिहीन मानिसहरू घर फर्किआएका छन्। राजगञ्ज ब्लक अन्तर्गत बिन्नागढी ग्राम पञ्चायतको बलरामदेखि स्थानीय पञ्चायत सदस्य मोहम्मद समीजुउद्दीन तथा राजगञ्ज पञ्चायत समितिको भूमि एवम् वन कर्माध्यक्ष मोशरफ हुसेन लगायत भूमिहीन मानिसहरू गत सोमबार जमिनको पट्टा लिनको लागि कोलकाता गएका थिए। कोलकाताको नेताजी इन्डोर स्टेडियममा एउटा कार्यक्रमको माध्यमद्वारा मुख्यमन्त्रीले राज्यका विभिन्न ठाउँहरू लगायत राजगञ्ज ब्लकको हरिचरणभिटा गाउँका लगभग 42 जना मानिसहरूलाई जमिनको पट्टा प्रदान गरिन्। ग्रामवासीहरूले जमिनको पट्टा पाएपछि मुख्यमन्त्री ममता ब्यानर्जीलाई आभार प्रकट गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.