मुख्यमन्त्रीको जन्मदिनको अवसरमा बिमारीलाई कम्बल तथा खाद्य वितरण

नाम्ची : सिक्किमको नाम्चीस्थित यहाँको जेनरल हस्पिटलमा आज डाक्टर सुभाष तामाङको नेतृत्वमा यहाँको टीबी वार्डमा रहेका रोगीहरूलाई कम्बल साथै खानापीनाहरू वितरण गरियो। सिक्किमका मुख्यमन्त्री पीएस गोलेको आज जन्मदिनको उपलक्ष्यमा तिनको जन्मदिनलाई स्मरणीय बनाउनको साथै तिनको सुस्वास्थ्य एवम् असल राजनैतिक जीवनको कामना गर्दै उक्त कार्य गरिएको डा. सुभाष तामाङले बताएका छन्। यस अवसरमा डा. सुभाषसँग खुर्शीद अनसारी, दावा रिन्छेन, सुक बहादुर राई र दिनेश सुब्बा पनि प्रमुख रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.