मुख्यमन्त्रीको पदयात्रा सफल पार्न तृणमूल महिलाको बुथ स्तरीय सभा

सिलगढी : शुक्रवार हुने एनआरसी र सीएए विरुद्ध एउटा पदयात्रामा सामेल हुनको लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज साँझ सिलगढी आइपुगेकी छन्। उक्त पदयात्रालाई सफल बनाउनको लागि तृणमूल कार्यकर्ता अनि नेताहरूले आज आ-आफ्नो इलाकामा गएर उक्त पदयात्रामा सामेल हुनेबारे सबै मानिसहरूलाई आह्वान गरिरहेका छन्। यसै क्रममा आज तृणमूल महिला कांग्रेसद्वारा पनि सिलगढ़ीको 46 नम्बर वार्डको बुथस्तरमा विभिन्न ठाउँहरूमा सभा गरियो। तृणमूल महिला कांग्रेसकी विधानसभा कार्यकारी अध्यक्षा मल्लिका देवनाथको नेतृत्वमा आजको सभा गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *