मुख्यमन्त्रीको पोस्टर जलाएकोबारे भाजपाविरुद्ध थानामा अभियोग दर्ता

सिलगढी : सिलगढीको एयरभ्यु मोड़मा मुख्यमन्त्रीको पोस्टर च्यात्नको साथै जलाएकोबारे पुलिस थानामा तृणमूल कांग्रेसको तर्फबाट अभियोग दर्ता गरिएको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले आज पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी गराए। भाजपाको मुख्य लक्ष्य बंगालमा अशान्ति फैलाउनु रहेकोले गर्दा नै तिनीहरूले एकपछि अर्को गर्दै यस्ता निन्दनीय घटनाहरूलाई अन्जाम दिइरहेको तिनले आरोप लगाए। भाजपाका कार्यकर्ताहरूले मुख्यमन्त्रीको पोस्टर जलाएको बारे अगावै थानामा अभियोग दर्ता गरिसकेको बताउँदै उक्त घटनाको विरोधमा तृणमूल कांग्रेसका समर्थकहरू व्यापक संख्यामा सड़कमा ओर्लिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *