मुख्यमन्त्रीको प्रशासनिक बैठकमा कामभन्दा अधिक राजनीति हुने गर्दछ : अशोक भट्टाचार्य

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको तर्फबाट उत्तरकन्यामा गरिएको प्रशासनिक बैठकमा सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यलाई निमन्त्रणा गरिए तापनि तिनी बैठकमा उपस्थित भएनन्। अशोक भट्टाचार्यले बताएअनुसार तिनले प्रशासनिक बैठकको लागि निमन्त्रणा पाएका थिए। सिलगढी सहरको विभिन्न विकासमूलक कार्यलाई लिएर तिनले मुख्यमन्त्री ममता ब्यानर्जीसित चर्चा गर्नेबारे पत्राचार गरेका थिए। तर मुख्यमन्त्रीले यसबारे आलोचना गर्न नचाहेको तिनले बताए। गत 5 वर्षमा मुख्यमन्त्री धेरैपल्ट उत्तर बंगाल भ्रमणमा आए तापनि तिनलाई कुनै निमन्त्रणा नदिएको साथै यसपल्ट पनि अचानक तिनलाई बैठकको निमन्त्रणा दिएको बताए। प्रशासनिक बैठकमा कामभन्दा बेसी राजनीति हुने गरेकोले गर्दा नै आफू उक्त बैठकमा अंश ग्रहण नगरेको तिनले बताए। अर्कोतिर, महकुमा परिषदका सभाधिपति तापस सरकारले आफू 5 वर्षदेखि सिलगढी महकुमा परिषदको अध्यक्ष रहे तापनि आफूलाई नबोलाएको तर कार्यालयका अन्य अधिकारी एवम् विरोधी पार्टीका नेताहरूलाई प्रशासनिक बैठकमा बोलाएको दुःख प्रकट गर्दै प्रशासनिक बैठक राजनीति अखाड़ा बनेको तिनले आरोप लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes