मुख्यमन्त्रीको स्वागतको लागि सिलगढी सहरभरि लगाइयो ब्यानर अनि झण्डा

सिलगढी : तृणमूल कांग्रेस नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीको सिलगढी आगमनलाई लिएर पार्टीका कार्यकर्ताहरूले सिलगढ़ी शहरसहित संलग्न क्षेत्रहरूमा एक हजारभन्दा अधिक ब्यानर तथा 25 हजार पार्टीको झण्डाहरू लगाइएको छ। उक्त ब्यानर अनि झण्डा लगाउने कार्य हालसम्म जारी नै रहेको बताइएको छ। यसको साथै दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको आयोजनामा भोली सीएए अनि एनआरसी-को विरोधमा शहरमा गरिने ऱ्यालीभन्दा अघि गरिने सभाको लागि मल्लागढ़ीस्थित सभा स्थलको निर्माण कार्य पनि युद्धस्तरमा चलिरहेको छ। भोली शहरमा निकालिइने ऱ्यालीभन्दा अघि मल्लागढ़ीको मैनाक लज अघिल्तिर हुने एउटा सभालाई मुख्यमन्त्री ममता ब्यानर्जीले सम्बोधन गर्ने छिन्। यसपछि यहाँबाट ऱ्याली निकालेर शहरको विभिन्न पथहरूको परिक्रमा गर्नको साथै अन्तमा यहाँको बाघाजतिन पार्क पुगेर ऱ्याली समाप्त हुनको साथै एउटा विराट जनसभा गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *