मुख्यमन्त्रीको उत्तर बंगाल भ्रमण सरकारी नभएर राजनैतिक भ्रमण रहेको शङ्कर घोषको आरोप

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी हिजो उत्तर बंगाल भ्रमणमा सिलगढी आइपुगिन्। यसपछि तिनले सिलगढीको बाघाजतीन पार्कमा आयोजित विजया सम्मिलनी कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न विषयमा वक्तव्य राख्नको साथै केन्द्र सरकारको खोइरो खनिन्। मुख्यमन्त्री ममता सरकारी भ्रमणमा आए तापनि यस प्रकारको वक्तव्यले तिनको यो भ्रमण राजनैतिक रहेको प्रमाणित हुँदछ भनी सिलगढीका भाजपा विधायक शङ्कर घोषले आरोप लगाए। तिनले अझ भने, मुख्यमन्त्रीले विजया सम्मिलनी कार्यक्रममा अंश ग्रहण गरेर बङ्गाली समुदायको सर्वश्रेष्ठ पर्व दुर्गा पुजाबारे आफ्नो मन्तव्य पोखे तापनि बङ्ग्लादेशमा हिन्दूहरूमाथि भएको हमला, इस्कन मन्दिरमा तोड़फोड भएको विषयमा कुनै प्रकारको चर्चा नगरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *