मुख्यमन्त्रीको उत्तर बङ्गाल भ्रमणलाई केन्द्र गरेर खगेश्वर रायले गरे कार्यकर्ताहरूसित बैठक

राजगञ्ज : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आगामी 7 जुनको दिन उत्तर बङ्गाल भ्रमणमा आउने भएकी छन्। उक्त भ्रमण अवधि तिनले अलिपुरद्वार र जलपाईगढीलाई लिएर एउटा कर्मी सभा गर्ने भएकी छन्। यसैले राजगञ्जका विधायक खगेश्वर रायले मुख्यमन्त्रीको भ्रमणलाई ध्यानमा राखेर आज राजगञ्ज ब्लकको शिकारपुर ग्राम पञ्चायतको देवी चौधुरानी सभाकक्षमा पार्टीका कार्यकर्ताहरूसित एउटा बैठक गरे। यस अवसरमा खगेश्वर रायले भने, आगामी 7 जुनको दिन आलिपुरद्वार र जलपाईगढी जिल्लालाई लिएर मुख्यमन्त्रीले अलिपुरद्वारको परेड ग्राउनमा कर्मी सभा गर्ने भएकी छन्। यसैले सबै अञ्चलका प्रधान, अञ्चल सभापति लगायत नेतृत्वहरूलाई लिएर उक्त कर्मी सभाको तयारीबारे आज सभामा चर्चा परिचर्चा गरियो। राजगञ्ज विधानसभाबाट हजारौँको संख्यामा कार्यकर्ता तथा समर्थकहरूले उक्त कर्मी सभामा अंश ग्रहण गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *