मुख्यमन्त्रीलाई भेट्न नदिए धरनामा बस्ने उमा गोस्वामीको चेताउनी

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीको सिलगढी भ्रमण अवधि तिनीसित भेट गर्न नदिए धरनामा बस्ने चेताउनी दिएकी छन् अलिपुरद्वारका उमा गोस्वामीले। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तृणमूल किसान शाखाकी सचिव तथा राज्य समितिका सदस्य उमा गोस्वामीले यसप्रकारको मन्तव्य प्रकट गरेकी छन्। तिनले बताएअनुसार गत 2009-मा लाइब्रेरीमा नोकरी दिने आश्वासन दिएर अलिपुरद्वार डीएलओ कार्यालयबाट जलपाईगढी डीएलओ कार्यालयमा पठाएको थियो। तर यसको केही दिनपछि नै नोकरीको लागि रुपियाँ मागेपछि आफूले केही रुपियाँ दिए तापनि हालसम्म नोकरी नपाएको तिनले बताइन्। यसलाई लिएर मुख्यमन्त्री ममता ब्यानर्जीसित धेरैपल्ट भेट्ने प्रयास गरे तापनि सो सम्भव नभएको तिनले बताइन्। सिलगढी आएको समयमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट गर्न उमा गोस्वामी अलिपुरद्वारबाट सिलगढी आइपुगेकी छन्। यदि आफूलाई मुख्यमन्त्रीसित भेट गर्न नदिए भोलि मंगलबार उत्तरकन्या सामु धरनामा बस्ने चेताउनी दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *