मुख्यमन्त्रीले 7 जुनमा अलिपुरद्वारको परेड ग्राउण्डमा जनसभा गर्ने, युद्धस्तरमा तयारी शुरू

अलिपुरद्वार : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 7 जुनमा अलिपुरद्वारको प्यारेड ग्राउण्डमा जनसभा गर्ने भएकोले यसको तयारी जोडतोडले चलिरहेको छ। यसैले आज अलिपुरद्वार जिल्ला तृणमूलका उपाध्यक्ष सञ्जित धर, अनुप चक्रवर्ती लगायत अन्यले आज प्यारेड ग्राउन्डको निरीक्षण गरे। मुख्यमन्त्रीको जनसभालाई केन्द्र गरेर पुरानो हेलिप्याड भत्काएर त्यहाँ नयाँ हेलिप्याड बनाइने भएको छ भने जनसभा मञ्चको पनि तयारी चलिरहेको छ। अलिपुरद्वार जिल्ला तृणमूल कङ्ग्रेसका सभापति प्रकाश चिक बराईकले बताएअनुसार आगामी 7 जुनमा सम्पन्न हुने जनसभा अलिपुरद्वार जिल्लाबाट मात्र 1 लाखभन्दा अधिक मानिसहरूले अंश ग्रहण गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *