मुख्यमन्त्रीले डाकेको बैठकमा विनय र अनितले अंश ग्रहण गर्ने

दार्जिलिङ : गोजमुमो विनय खेमाका पार्टीका नेतृत्वहरूलाई राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले एक सप्ताह अघि नै बैठकको लागि बोलाइएको गोजमुमो प्रवक्ता केशव राज पोख्रेलले बताए। पहाडमा शान्ति बहाली अनि उत्तर बंगालको राजनैतिक गतिविधिमाथि विचार विमर्श गर्नको लागि मुख्यमन्त्रीले आगामी 3 नोभेम्बरको दिन कोलकाताको नवान्नमा उक्त बैठक बोलाइएको तिनले बताए। राज्यकी मुख्यमन्त्री ममता बनर्जीले बोलाइएको उक्त बैठकमा गोजमुमो अध्यक्ष विनय तामाङ अनि महासचिव अनित थापाले अंश ग्रहण गर्ने भएका छन्। उक्त बैठकमा भाग लिनको लागि सम्भवतः भोलि 2 नोभेम्बर गोजमुमो अध्यक्ष तामाङ र महासचिव थापा कोलकोता प्रस्थान गर्ने सम्भावना रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *