मुख्यमन्त्रीले गरिन् पञ्चनदीमाथि बनिएको कङ्क्रिट ब्रिजको उद्घाटन

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज खरसाङबाट नै सिलगढीको 47 नम्बर वार्डस्थित पञ्चनदीमाथि बनिएको कङ्क्रिट ब्रिजको उद्घाटन गरिन्। स्मरण रहोस्, लगभग तीन वर्ष पहिला पञ्चनदीमाथि फलामको ब्रिज थियो भने उक्त ब्रिजको अवस्था जर्जर बनेपछि बन्द गरिदिएको थियो। यसपछि प्रशासनले यसको वैकल्पिक फलामको पुल निर्माण गर्यो। यस ब्रिजमाथि कङ्क्रिट ब्रिजको निर्माण कार्य शुरू गरेको तीन वर्षपछि उक्त पुल बनिएपछि आज राज्यकी मुख्यमन्त्रीले यसको उद्घाटन गरिन्। यस ब्रिजको उद्घाटन भएपछि सिलगढी नगरनिगमको 1 र 47 नम्बर वार्डका मानिसहरूको लागि यातायात गर्नमा सुविधा हुने भएकोले तिनीहरू निक्कै खुसी छन्। धेरै समय अघिदेखिको पुलको माग पुरा भएकोमा स्थानीय मानिसहरूले मुख्यमन्त्रीलाई आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *