मुख्यमन्त्रीले राज्यभरिमै 12 हजार किलोमिटर सडकको शिलान्यास गर्ने, मुख्यमन्त्रीलाई धन्यवाद दिन तृणमूल-द्वारा रेलीको आयोजना

फुलबारी: मुख्यमन्त्री ममता ब्यानर्जीले पथश्री-रास्ताश्री परियोजनाको माध्यमद्वारा 12 हजार किलोमिटर सड़कको शिलान्यास गर्ने भएकी छन्। यस उपलक्ष्यमा फुलबारी 2 नम्बर तृणमूल कङ्ग्रेस कमिटीले फुलबारी बतटलादेखि बटालियन मोड़सम्म एउटा रेली निकाल्यो। उक्त रेलीमा धेरैजना कार्यकर्ता तथा समर्थकहरू सामेल थिए। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले भोलि पथश्री-रास्ताश्री परियोजनाको माध्यमद्वारा राज्यको 22 वटा जिल्लामा विभिन्न सड़कहरूको शिलान्यास गर्नेछिन्। तृणमूल कङ्ग्रेसले मुख्यमन्त्रीप्रति आभार प्रकट गर्नको लागि ब्लकहरूमा रेली निकालिइयो। यसै क्रममा आज फुलबारीमा पनि एउटा रेली निकालिइयो। उक्त र्‍यालीमा जलपाईगढी जिल्ला परिषदका सदस्य देवाशीष प्रमाणिक, फुलबारी 2 नम्बर ग्राम पञ्चायतका प्रधान दिलीप राय, अञ्चल अध्यक्ष रबीउल करीम, विप्लब सिंह, गौतम सिंह, रिङ्कु बर्मन लगायत अन्य उपस्थित थिए। यस सम्बन्धमा जलपाईगढी जिल्ला परिषदका सदस्य देवाशीष प्रमाणिकले भने, मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यभरिको 22 वटा जिल्लामा पथश्री-रास्ताश्री परियोजनाको माध्यमद्वारा विभिन्न सड़कहरूको शिलान्यास गर्नेछिन्। यसैले मुख्यमन्त्रीलाई धन्यवाद दिनको लागि रेली निकालिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *